कराते महासंघ कर्णालीको अध्यक्षमा मल्ल

दैलेख : कराते महासंघ कर्णाली प्रदेशको अध्यक्षमा हेमन्त कुमार मल्ल चयन भएका छन् । महासंघको कर्णाली प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा मल्ल चयन भएका हुन् ।

कराते महासंघको उपाध्यक्षमा दैलेखका हेमा खड्का चयन भएकी छन् । उपाध्यक्षमा हिमाली नेपाली, सचिवमा डम्बरबहादुर शाही र कोषाध्यक्षमा विवश विक्रम शाह चयन भएका जनाइएको छ ।

महासंघको केन्द्रीय प्रतिनिधिमा हरि विष्ट, दैलेखको भैरवीका वीरेन्द्र बहादुर शाही, गोपाल बिसी, बबी शाह र अञ्जली मल्ललाई प्रथम अधिवेशनबाट सर्वसम्मत चयन गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार